नवराज शिवाकोटी,
असोज,७, दोलखा
प्रकृति संरक्षणमा बौद्ध मार्गीहरुको भूमिका महत्वपुर्ण हुनेमा जोड दिइएको छ । राष्ट्रिय संरक्षण दिवसको उपलक्ष्यमा गौरिशंकर संरक्षण क्षेत्र आयोजनाद्वारा मंगलबार विगू गाउँपालिकाको सिंगटीमा आयोजित विशेस कार्यक्रममा बौद्ध मार्गीहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको हो ।
कार्यक्रममा आयोजना प्रमुख सत्यनारायण शाहले बौद्ध धर्मको सिद्धान्त नै अहिँसा भएकोले वन्य जन्तु संरक्षणको क्षेत्रमा बौद्धमार्गीहरुको महत्वपूर्ण भूमिका हुने बताए । गौरिशंकर संरक्षण क्षेत्र आयोजना क्षेत्र भित्रका उच्च भुभागहरुमा बौद्ध मार्गीहरुको सघन बसोवास भएकोले बन्यजन्तु तथा वनजंगल उनीहरुको ठूलो भूमिका हुने उनको भनाई थियो ।
कार्यक्रममा स्वीस राजदुत एलिजवेथ भोन क्यापेलरले विश्वका सुन्दरतम देश मध्येको नेपालको प्रकृति संरक्षण गर्न सबै धर्मका मानिसहरु लाग्नु पर्नेमा जोड दिएकी थिइन ।
कार्यक्रममा सहभागी लामागुरुहरुले हिमाली क्षेत्रमा वन्य जन्तुको निकट बौद्ध मार्गीहरु बस्ने भएकोले उनीहरुको संरक्षण गर्नु आफूहरुको दायित्व ठानेको बताएका थिए ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथि डबल पाण्डेले सबै धर्मले प्रकृति संरक्षणमा जोड दिएकोले प्रकृति संरक्षणमा धर्मगुरुहरुको महत्वपुर्ण भूमिका हुनेमा जोड दिएका थिए ।
जिल्ला समन्वय समिति, दोलखाको प्रमुख डबल पाण्डेको प्रमुख आतिथ्यता तथा स्विस राजदुत एलिजाबेथ भोन क्यापेलर को विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा गौरिशंकर संरक्षण क्षेत्र आयोजना क्षेत्र भित्रका विभिन्न गुम्बाका ४० लामाहरुले को सहभागीता थियो ।
सोही कार्यक्रममा गौरीशंकर संरक्षण क्षेत्र आयोजनाबाट प्रकृती संरक्षणमा महत्वपुर्ण योगदान गरे वापत रोल्वालिङ्ग साङ्गा छोलिङ्ग गुम्बाका प्रमुख लामा ङावाङ्ग तेन्जिन लामा, पत्रकार दिल बहादुर के.सी., गौरीशंकर मा,वि. लामावगरको संरक्षण शिक्षक कृष्ण प्रसाद भट्टराई र संरक्षण क्षेत्र व्यवस्थापन समिति, गुम्देलको अध्यक्ष नुर्वु शेर्पालाई नगद राशी दश हजार सहित संरक्षण पुरस्कार प्रदान गरिएको थियो । संरक्षण क्षेत्र आयोजनाले यो वर्ष बाट प्रकृति संरक्षणको क्षेत्रमा उत्कृष्ट योगदान दिनेहरुलाई पुरस्कृत गर्ने कार्यको थालनी गरेको आयोजना प्रमुख शाहले बताए ।
सोही कार्यक्रममा स्विस सरकारको सहयोगमा निर्माण गरिएको छोतछोत देखि च्छोरोल्पा सम्मको पदमार्ग नेपालको लागि स्विस राजदुत एलिजाबेथ भान क्यापेलरले गौरिशंकर संरक्षण क्षेत्र आयोजनालाई हस्तान्तरण गरेकी थिइन् ।


3:12 AM
DOLAKHA EXPRESS WEEKLY
